समाचार

ट्रक पन्छाएपछि नारायणगढ–मुग्लिङ सडक सुरु



चितवन, २८ बैशाख । वीरगन्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा पल्टिँदा अवरुद्ध बनेको नारायणगढ–मुग्लिङ सडक सुरु भएको छ । 

प्रहरीका अनुसार ट्रक अन्यत्र सारिएपछि सडक सुरु भएको हो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौँ सवारीसाधन बाटोमा नै रोकिएका थिए । हाल सडक सुरु भए पनि लामो जामका कारण यात्रु सकसमा परेका छन् ।