काठमाडौँ, २८ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही जेठ २ देखि ४ गतेसम्म हुन गइरहेको सगरमाथा संवादको व्यापक प्रचार प्रसार गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।
नेपालले क्लाइमेट चेन्ज, माउन्टेन्स एन्ड द फ्युचर अफ ह्युमनिटी विषयमा सगरमाथा संवाद गर्न लागेको हो । उक्त संवादको व्यापक प्रचार प्रसार गर्न शिक्षा मन्त्रालयले मातहतका निकायहरूलाई निर्देशन जारी गरेको हो ।
मन्त्रालयले आफू मातहतका १६ वटा निकायलाई परिपत्र गर्दै सगरमाथा संवाद कार्यक्रमको व्यापक प्रचार प्रसारका लागि लेटर हेडको दायाँ भागमा सगरमाथा संवादको लागो अनिवार्य प्रयोग गर्न भनेको हो । त्यस्तै सगरमाथा संवादको वेबसाइट लिङ्क गर्न समेत भनेको छ ।
प्रतिक्रिया दिनुहोस्