काठमाडौँ, २८ बैशाख । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ ।
आज बसेको राष्ट्रिय सभाको बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
गत १९ वैशाखमा बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम दुवै सदनमा छलफलपछि पारित भएको हो । नीति तथा कार्यक्रमका आधारमा सरकारले आगामी जेठ १५ गते बजेट ल्याउँदै छ ।
प्रतिक्रिया दिनुहोस्