काठमाडौँ, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस भन्दै कामना गरेका छन् ।
२५६९औं बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । २५६९औं बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । पच्चीस सय ६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश सामाजिक सञ्जाल फेसबुकमा जारी गर्दै उनले लेखेका छन्, ‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध । बुद्ध जयन्तीले हामीलाई उहाँको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउँछ ।’
उनले बुद्धका मार्गदर्शनले सबैको दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भन्ने कामना समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्