अर्थ

कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य



काठमाडौँ, ३० वैशाख ।  आगामी आर्थिक वर्ष २०८२/८३ मा कर्मचारीको तलब वृद्धि गर्ने गरी आन्तरिक गृहकार्य हुने भएको छ ।

राज्यको स्रोत र साधानलाई हेरेर कर्मचारीलाई सेवाप्रति थप उत्साह प्रदान गर्नका लागि सरकारले तलब वृद्धि गर्ने आन्तरिक गृहकार्य गर्न लागेको हो । यसअघि सरकारले आव २०७९/८० मा सबै कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको थियो । निजामती सेवा ऐन अनुसार हरेक तीन/तीन वर्षमा कर्मचारीको तलब वृद्धि गर्नुपर्ने नियम छ । 

नेपाल सरकारका मुख्य सचिव एकनारायण आर्यालले कर्मचारीलाई सेवाप्रति थप उत्साह प्रदान गर्न आगामी आर्थिक वर्षमा कर्मचारीको तलब वृद्धि गर्नुपर्ने आवश्यकता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यको आर्थिक अवस्था हेरेर कर्मचारीलाई सेवाप्रति उत्साह प्रदान गर्न तलब वृद्धि गर्ने सवालमा हामी छलफलकै क्रममा छौँ, अहिले नै भन्न सक्ने स्थिति छैन ।”