काठमाडौँ, ३० वैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरु १७ मे अर्थात् जेठ ३ गतेदेखि सुरु हुने भएको छ ।
भारत–पाकिस्तान तनावका कारण स्थगित गरिएको खेल जेठ ३ गतेदेखि सुरु हुने र फाइनल खेल भने ३ जुन अर्थात् जेठ २० गते हुनेछ ।
गत बिहीबार हिमाचल प्रदेशको धर्मशाला रंगशालामा पञ्चाब किङ्गस् र दिल्ली क्यापिटल्सबीच खेल भइरहेका बेला पाकिस्तानतर्फबाट भारतीय भूमिमा आक्रमण सुरु भएको भन्दै बीचमै खेल स्थगित गरिएको थियो । सोमबार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले बाँकी खेलका नयाँ तालिका सार्वजनिक गरेको हो ।
प्रतिक्रिया दिनुहोस्