काठमाडौँ, ३० वैशाख । चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि पक्राउ परेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईंलगायतलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
आज जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले मिश्र र प्रसाईंसहित २६ जनालाई हिरासतमा राख्न थप म्याद दिएको हो । उनीहरूमाथि प्रहरीले राज्यविरुद्धको अपराध, संगठित अपराधसमेतको अभियोगमा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्