काठमाडौँ, ३१ वैशाख । वैदेशिक रोजगारीको लागि विदेश पठाउने भन्दै ५१ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–१ बस्ने ३५ वर्षीय प्रेमबहादुर साउद तथा सुर्खेत सिम्ता गाउँपालिका–८ बस्ने २१ वर्षीय ललित बोहरा रहेका छन् ।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाइ सम्पर्कविहीन भएकोमा पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
पक्राउ परेकामध्ये साउदले तीनजनालाई आयरल्यान्ड पठाउने भन्दै ४१ लाख ९० हजार र बोहराले एकजनालाई यूके पठाउने भन्दै दश लाख लिई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्