राजनीति

मेयर बालेन शाहको जापान भ्रमण रद्द



काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को विदेश भ्रमण रद्द भएको छ ।

अन्तिम समयमा उनको भ्रमण रद्द भएको हो । मन्त्रिपरिषद्बाट समेत स्वीकृत भएको जापान भ्रमण रद्द भएको हो ।

बालेनको सचिवालयका अनुसार मे १३, १४ र १५ अथवा (वैशाख ३१, ३१ र जेठ १ गते) स्मार्टसिटी सम्बन्धि कार्यक्रममा सहभागी हुन जापान भ्रमण तय भएको थियो ।