समाचार

काठमाडौँको मखन गल्लीमा आगलागी



काठमाडौँ, ३१ वैशाख । काठमाडौँको मखन गल्लीमा आगलागी भएको छ ।

आज बिहान काठमाडौँ महानगरपालिका–२४ स्थित मखन गल्लीको सुरज आर्केडपछाडि  रहेको चार तले घरबाट आगलागी सुरु भएको थियो ।  

बिहान ६ : ५० बजे दयाराम श्रेष्ठको घरको तेस्रो तल्लामा ग्यास लिक भएर आगलागी हुँदा छेउमै रहेको रुकेश श्रेष्ठको पाँच तले घरमा पनि आगलागी भइरहेको छ । 

उक्त आगलागीबाट एक एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।