समाचार

करेन्ट लागेर दुई महिलाको मृत्यु



काठमाडौँ, ३१ वैशाख । मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ ।

जिल्ला मोरङ प्रहरी कार्यालयका अनुसार गए राति रतुवामाई नगरपालिका–३, स्थित मिर्चा डाँगी टोलमा भएको एउटा विवाह समारोहमा सहभागी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सूर्यदेवी गनगाईंको मृत्यु भएको हो ।

स्थानीय मंगललाल सिंहका छोरा निरजकुमार विवाहमा नाचगान गरिरहेका बेला उनीहरूलाई करेन्ट लागेको थियो । राति आएको हावाहुरीले माइक टांगेको बाँस ढलेको थियो । बाँस हाइटेन्सन लाइनमा ठोक्किएर तार लत्रिँदा तीन महिलालाई करेन्ट लागेको थियो ।

तीन जनामध्ये राधाकुमारी सिंहको अवस्था सामान्य रहेको छ  । उनी उपचारपछि घर फर्किसकेकी छन् ।