समाचार

सेती नदीमा बगेका अमित विकको शव फेला



काठमाडौँ, ३१ वैशाख । डोटीको सेती नदीमा मङ्गलवार बगेका अमित विकको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिका–१ श्रीखोलीशैनका १० वर्षीय अमित विक मङ्गलवार दिउँसो करिब २ बजे नुहाउने क्रममा सेती नदीमा बगेका थिए ।

बेपत्ता भएका विकको खोजीका क्रममा आज शव सोही क्षेत्रको श्रीखोलीशैनमै फेला परेको प्रहरीले जनाएको छ । उनी रमेश विकका छोरा हुन् ।