Banner News

गण्डकीको बर्खे अधिवेशन जेठ ११ देखि



पोखरा, १ जेठ । गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन जेठ ११ देखि सुरु हुने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  निर्णय सार्वजनिक गदै बर्खे अधिवेशनको तयारीमा सरकार जुटिसकेको प्रवक्ता डा. टकराज गुरुङले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष जेठ ११ गते दिउँसो २ बजे अधिवेशन बोलाउन सिफारिस गरेको हो । 

सरकारले आगामी नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नका लागि बर्खे अधिवेशन बोलाउन सिफारिस गरेको जनाइएको हो ।