काठमाडौँ, १ जेठ । सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार बुधबार चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको हो ।
हावाहुरीसँगै बर्षेको चट्याङ लागेर गम्भीर घाइते भएकी तामाङलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको र उनको त्यही मृत्यु भएको थियो ।
त्यस्तैगरी चट्याङ लागेर १५ वर्षीय प्रतीक तामाङ, ४२ वर्षीया कल्पना तामाङ र १९ वर्षीय रिजन तामाङ गम्भीर घाइते भएका छन् । गम्भीर घाइते तीनै जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
निर्मलाको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्