समाचार

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौँ, १ जेठ । पर्सामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका–१ छप्कैयास्थित सडकमा छप्कैया बजारबाट मालपोत कार्यालयतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २० वर्षीय विशाल ठाकुरको मृत्यु भएको हो ।

बुधवार दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगन्ज हेल्थ केयर गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।