काठमाडौँ, २ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा मध्यराति हावाहुरीसहित वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँसहित आसपासका जिल्लामा मेघ गर्जनसहित हावाहुरी चल्नुका साथै क्षणिक वर्षा भएको हो । हावाहुरी चल्दा विभिन्न स्थानमा विजुली गएपछि केही समय अन्धकार समेत भएको थियो ।
यसअघि २४ घण्टाको पूर्वानुमान गर्दै महाशाखाले राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसममा आंशिक बदली रहने जनाएको थियो ।
बागमतीसहित, कोशी प्रदेश, र गण्डकी प्रदेशको थोरै साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशलो एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्