समाचार

बस दुर्घटना हुँदा १५ जना घाइते



चितवन, २ जेठ । चितवन रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । 

लहानबाट काठमाडौँतर्फ गइरहेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बसमा ३९ जना सवार थिए ।

घाइतेमध्ये चारजनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।