काठमाडौँ, ३ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।
एभरेष्ट एलाइन्स नेपालले यही जेठ १३ गते पहिलोपटक ‘एभरेष्ट समिटर समिट’ काठमाडौँमा आयोजना गर्न लागेको हो । उक्त सम्मेलनमा सगरमाथाको सफल आरोहण गरेका आरोहीले भाग लिनेछन् ।
एभरेष्ट एलाइन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले पहिलोपटक हुन लागेको सम्मेलनमा भाग लिन हालसम्म १६ देशका १७७ आरोहीले नाम दर्ता गराइसकेको जानकारी दिए । सम्मेलनमा ५०० आरोहीको सहभागीता रहने आयोजकले जनाएको छ ।
सम्मेलनमा भारत र चीनसँगै संयुक्त राज्य अमेरिका, बेलायत, इटली, स्वीजरल्याण्ड, नर्वे, इरान, सिंगापुर, अष्ट्रेलिया, लेवनान, मोरक्को, युएईलगायत मुलुकका आरोहीहरु सहभागीता जनाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्