राजनीति

जबजले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो: प्रधानमन्त्री ओली



काठमाडौँ, ३ जेठ । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादले लोकतान्त्रिक परिवर्तनलाई सफल बनएको दावी गरेका छन् ।

जबजका प्रणेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रित (मदन–आश्रित)को आज ३२औँ स्मृति दिवस, नेकपा एमालेले देशभर विविध कार्यक्रम आयोजना गरी विशेष रूपमा मनाउँदै छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनाएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेको छन्, ‘३२ वर्ष अगाडि आजको दिन, हामीले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई गुमायौं । जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो । मदन-आश्रितको पवित्र स्मृतिमा हामी शिर निहुराउँछौं । उहाँको विचार र मार्गदर्शन सधैँ हाम्रो प्रेरणा बन्नेछ । मदन-आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली र उच्च सम्मान व्यक्त गर्दछु ।’