काठमाडौँ, ३ जेठ । काभ्रेपलाञ्चोकको धुलिखेलमा विद्युत्को खम्बामा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार धुलिखेल नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालयअगाडिको विद्युत्को खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारीबथाका २८ वर्षीय उपेश परियारको आज बिहान मृत्यु भएको हो ।
११ हजार भोल्टको ‘हाइटेन्सन लाइन’को खम्बामा चढेर काम गरिरहेको अवस्थामा बिहान ११ः३० बजे अचानक करेन्ट लाग्दा परियारको घटनास्थलमै मृत्यु भएको हो ।
परियार तार जोड्न खम्बामा चढेका थिए । नेपाल विद्युत् प्राधिकरणले सूचनाबिना नै बिजुली लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्