समाचार

आजको मौसम



काठमाडौँ, ६ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले  जनाएको छ ।

विभागका अनुसार हालको वदलीमा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

आज हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक, दुई स्थानमा हिमपातको समेत सम्भावना रहेको बताइएको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा खण्डित वर्षा वा मेघगर्जन चट्याङ्ग सहितको वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्, हावाहुरीसहित वर्षा हुने भएका कारण जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसप्रति सचेत हुन तथा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध छ ।