काठमाडौँ, ६ जेठ । चलचित्र ‘जनै हराएको बाहुन’ आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
निर्माण पक्षले सोमबार चलचित्रको कथा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी गराएको हो ।
आमाको खोसिएको खुसी फर्काउन सम्पत्ति कमाउन घरबाट सहर पस्ने छोरोको कथामा बनेको चलचित्र हिमाल न्यौपानेले निर्देशन गरेका हुन् । न्यौपानेको यो डेव्यु निर्देशन हो ।
चलचित्रमा अभिनेत्री केकी अधिकारी, मिरुना, मगर गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको पनि अभिनय छ ।
प्रतिक्रिया दिनुहोस्