सर्लाही, ६ जेठ । सर्लाहीको पर्सा गाउँपालिका–६ मा पर्ने हुलाकी सडक खण्डबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार भारतीय नम्बर प्लेटको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ५०० रुपैयाँ दरका ४८ थान नक्कली नोट फेला पारेको हो । बरामद नोटको कुल रकम २४,००० रुपैयाँ रहेको जनाइएको छ ।
पक्राउ परेका व्यक्तिहरूमा मोटरसाइकल चालक लालबन्दी नगरपालिका–६ का २१ वर्षीय मुकेश कुमार साह र पछाडि सवार हरिपुर्वा नगरपालिका–४ डुमरिया निवासी २३ वर्षीय सरोज पण्डित रहेका छन् ।
अहिले उनीहरूलाई जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको खोजी पनि भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्