काठमाडौँ, ६ जेठ । कालीमाटी तरकारी बजारमा भित्रिएको हरियो धनियाँमा लगभग शतप्रतिशत मात्रामा विषादी भेटिएको छ ।
काभ्रेपलाञ्चोकबाट बिक्रीका लागि कालीमाटी बजारमा आज ल्याइएको हरियो धनियाँमा ९९.३७९ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।
परीक्षण क्रममा हरियो धनियाँमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त धनियाँ उपभोग अयोग्य रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्