काठमाडौँ, ६ जेठ । नेकपा एमालेका सचिव योगेश भट्टराईले ०८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन कायमै रहने दाबी गरेका छन् ।
आज संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले कांग्रेस–एमालेको सरकार बनाउनुको उद्देश्य अझै पूरा नभएकाले ०८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन कायमै रहने बताए ।
कांग्रेस–एमाले ठूलो पार्टी भएकाले गठबन्धनमा कहिलेकाहीँ अनुकूलता र प्रतिकूलता हुने उनको भनाइ छ । दुई दलले समान हिस्सेदारी खोज्नु स्वाभाविक भएको उनको तर्क छ ।
भट्टराईले वर्तमान सरकार गलत ट्रयाकमा नरहे पनि गति बढाउन भने नसकेको जिकिर गरे । सरकारको आलोचना हुनु स्वाभाविक भएको भन्दै उनले सत्तारुढ दलकै नेताले गर्ने टिप्पणी र आलोचनाले दुई पार्टीबीचको सम्बन्ध नबिग्रियोस् भन्नेमा सचेत हुनुपर्ने सुझाव दिए ।
विभिन्न निकायका प्रमुख नियुक्त गर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्