समाचार

पानीमा डुबेर दुई बालकको मृत्यु



काठमाडौँ, ७ जेठ । धनुषाको कमला नगरपालिका–२ मा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिश साहकोे डुबेर मृत्यु भएको हो ।

कृषि बाटोको छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर हिजो दिउँसो दुवै जनाको मृत्यु भएको हो ।

हिजो घरबाट खेल्न निस्केका दाजुभाइ अबेरसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा खाल्डोमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो ।