काठमाडौँ, ९ जेठ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ बाट प्रहरीले दाहसंस्कारको तयारी भइरहेको शव बरामद गरेको छ ।
सङ्खुवासभा प्रहरीका अनुसार भोटेखोला गाउँपालिका–४ स्थित सिप्प्रङकी ६ वर्षीया बालिका युनिकाको शव बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । मृतक गोपाल तामाङकी छोरी हुन् ।
जेठाजु र बुहारीको बिचमा झगडा हुँदा बालिकालाई डिलबाट धकेल्दा चोट लागेर मृत्यु भएको आशङ्का गरिएको छ । घाइते बालिकाको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो ।
बालिकालाई डिलबाट धकेल्ने अनिका गुरुङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्