राजनीति

रास्वपा केन्द्रीय समिति बैठक बस्दै



काठमाडौँ, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । 

यसअघि हिजो केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक बसेकोमा आज भौतिक उपस्थितिमै बैठक बस्न लागेको हो ।

दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।