Banner News

माओवादी र नेसपा (गंगानारायण श्रेष्ठ) समूहबीच पार्टी एकता



काठमाडौँ, १२ जेठ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ) समुहबीच पार्टी एकता भएको छ ।

आज ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा पार्टी एकता घोषणा भएको हो । एकता समारोहमा माओवादीका महासचिव देव गुरुङले नेसपा (गंगानारायण श्रेष्ठ) समूह माओवादी केन्द्रमा समायोजन भएको घोषणा गरेका हुन् ।  एकता घोषणामा महासचिव गुरुङले पाँच बुँदे सहमति भएको घोषणा गरेका थिए । 

पाँच बुँदे सहमति:

१. पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र माओवाद हुनेछ । 

२. नेपाली समाजवाद विशेषको समाजवादी क्रान्तिको कार्यक्रम हुनेछ । 

३. समाजवादी क्रान्तिका लागि अवस्था अनुसार सडक, सदन, सरकार लगायत सबै प्रकारका आन्दोलनका स्वरूपलाई अवलम्बन गरिनेछ । तत्कालका कार्यनीतिका विषयमा पार्टीभित्र आपसी सहमतिको आधारमा तय गरिनेछ । 

४.पार्टीमा विचारको स्वतन्त्रता र काम कारबाहीको एकरूपताको जनवादी केन्द्रीयता मान्यता अनुसार पार्टी सञ्चालन गरिनेछ । कतिपय सैद्धान्तिक विषय पार्टी महाधिवेशनसम्म छलफल गर्न सकिनेछ । 

५. समायोजन भएका गंगानाराण श्रेष्ठलाई सचिव र अन्यलाई सङ्गठनमा जिम्मेवारी पाएको अनुसार जिम्मेवारी दिइनेछ ।