काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिकाका कार्यपालिका ३९ जना सदस्यले मेयर बालेन्द्र साहलाई तत्काल कार्यपालिका बैठक बोलाउन माग गरेका छन् ।
आज महानगरका ३९ जना कार्यपालिका सदस्यहरूको अनौपचारिक बैठकपछि मेयर साहसँग उनीहरुले कार्यपालिका बैठक बोलाउन माग गरेका हुन । ४० सदस्य रहेको कार्यपालिकामा मेयर साह बाहेक सबैको उपस्थिति रहेको थियो ।
कार्यपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व रहेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था रहे पनि काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक पुसदेखि बस्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्