पोखरा, १३ जेठ । पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ ।
सोमबार आयोजित एक कार्यक्रमबीच महानगर प्रमुख धनराज आचार्यले पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन् ।
सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि प्रत्येक वर्ष नगरभित्रका सबै बालबालिकाहरूले तोकिएका खोपहरू प्राप्त गरेको सुनिश्चिततासहित घोषणा गर्ने गरिन्छ ।
महानगर प्रमुख आचार्यले बालबालिकाहरूको सुरक्षित भविष्य निर्माणका लागि उनीहरूले प्राप्त गर्नुपर्ने सबै प्रकारका खोपहरूसहित स्वास्थ्यसम्बन्धी सेवाहरू समयमा उपलब्ध गराउनु पर्ने दायित्व प्रति प्रतिबद्ध रहेको बताए ।
सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि प्रत्येक वर्ष नगरभित्रका सबै बालबालिकाहरूले तोकिएका खोपहरू प्राप्त गरेको सुनिश्चिततासहित घोषणा गर्ने गरिन्छ ।
महानगर प्रमुख आचार्यले बालबालिकाहरूको सुरक्षित भविष्य निर्माणका लागि उनीहरूले प्राप्त गर्नुपर्ने सबै प्रकारका खोपहरूसहित स्वास्थ्यसम्बन्धी सेवाहरू समयमा उपलब्ध गराउनु पर्ने दायित्व प्रति प्रतिबद्ध रहेको बताए । बालबालिकाहरूका लागि आवश्यक खोप तथा पोषणका कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन गर्न उनले स्वास्थ्यकर्मीहरूलाई निर्देशनसमेत दिए ।
प्रतिक्रिया दिनुहोस्