समाचार

पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध



काठमाडौँ, १५ जेठ । हेटौँडा- काठमाडौँ जोड्ने कान्ति लोकपथ पहिराेका कारण अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको हो ।

पहिरो आज बिहान ३ बजे खसेको हो । अहिले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।