राजनीति

सत्तामा बसेकाहरूका कारण जनता असन्तुष्ट छन् : विप्लव



काठमाडौँ, १५ जेठ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सत्तामा बस्नेहरूका गतिविधिले जनतामा असन्तुष्टि बढेको बताएका छन् ।

आज जनपत्रकार सङ्गठन र जनगर्जन मिडिया प्रालिले बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अपेक्षाअनुसार काम नहुँदा युवादेखि सबैमा असन्तुष्टि बढेको बताए ।

उनले  गणतन्त्रप्रति असन्तुष्टि बढ्दै जाँदा राजसंस्था पक्षधरहरू सडक आन्दोलनमा आएको समेत बताए । उनीहरू सडकमा  आउँदा आम सर्वसाधारण नागरिकमा अहिलेको गणतन्त्रको विकल्प त्यही हो कि भन्ने भ्रम परेको समेत विप्लवले बताए । तर गणतन्त्रको विकल्प राजसंस्था हुन नसक्ने प्रस्ट पार्दै उनले अहिलेको असन्तुष्टिको समाधान नेपाली विशेषताको समाजवाद हुने बताए ।