काठमाडौँ, १५ जेठ । यार्सागुम्बा संकलन गर्न गएका एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार जाजरकोटको नलगाड नगरपालिका-८, का १९ वर्षीय धनलाल विकको मृत्यु भएको हो ।
काइके गाउँपालिकास्थित नावरपानी यार्सा पाटन पुगेका उनलाई लेक लागेको थियो । उनी एक हप्ताअघि आफ्नो बुबासँग यार्सा संकलनका लागि डोल्पा पुगेका थिए । प्रहरीले मृतक विकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा पुर्याएको छ ।
प्रतिक्रिया दिनुहोस्