समाचार

५ लाखलाई लालपुर्जा उपलब्ध गराउने



काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा ५ लाख नागरिकलाई लालपुर्जा प्रदान गर्ने घोषणा गरेको छ ।

आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै भूमिसम्बन्धी कानुनमा संशोधन ५ लाखलाई लालपुर्जा वितरण गर्ने व्यवस्था मिलाउने व्यवस्था बजेटमा गरेको घोषणा गरेका हुन् ।

भूमिहीन नागरिकको सङ्ख्या  सङ्कलन र प्रमाणीकरण गर्ने उनले बताए ।