अर्थ

वन तथा वातावरण मन्त्रालयका लागि १८ अर्ब ६१ करोड बजेट विनियोजन



काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि आवश्यक बजेट विनियोजन गरेको छ । 

बिहीबार सङ्घीय संसद्मा आर्थिक वर्ष २०८२–०८३ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मन्त्रालयका लागि १८ अर्ब ६१ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।