राजनीति

एसइईमा सर्वोत्कृष्ट अंक ल्याउने छात्रालाई ल्यापटप पुरस्कार



पाँचथर, १७ जेठ । पाँचथरको हिलिहाङ गाउँपालिका-५ वडा कार्यालयले २०८१ सालको एसइई परीक्षामा वडा भित्रका विद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याएकी छात्रालाई पुरस्कार स्वरूप ल्यापटप वितरण गरेको छ ।

गणतन्त्र दिवसको सन्दर्भमा वडा कार्यालयस्थित देवी योङहाङ स्मृति भवनमा आयोजना आयोजित कार्यक्रममा निलगिरी माध्यमिक विद्यालयबाट एसइईमा ३.७५ जीपीए ल्याएर उत्तीर्ण भएकी वर्षा थुङ्गिम लिम्बूलाई एक थान ल्यापटप सहित पुरस्कृत गरिएको वडाध्यक्ष बिर्खबहादुर सुहाङले जानकारी दिए ।

लिम्बूलाई गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी, उपाध्यक्ष सुमित्रा उप्रेती सेढाई, वडाध्यक्ष बिर्खबहादुर सुहाङ लगायतका जनप्रतिनिधिले ल्यापटप हस्तान्तरण गरेका थिए ।