धनगढी, १७ जेठ । धनगढीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुर चोक नजिकै सुदूरपश्चिम प्रदेश ०१००१–त २६४५ नम्बरको टिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
कैलालीको गोदावरी नगरपालिका–५ का २७ वर्षीय अर्जुन चौधरीले चलाएको उक्त टिप्परले बाटो काट्ने क्रममा बैतडी जिल्लाको पाटन नगरपालिका–६ निवासी ५३ वर्षीय मन्दिर सिंह विष्टलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि तत्काल माया मेट्रो अस्पताल, धनगढी पुर्याइएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । हाल उनको शव अस्पतालमै राखिएको छ।
प्रतिक्रिया दिनुहोस्