समाचार

पाँचजना जुवाडे पक्राउ



काठमाडौँ, १७ जेठ । सिन्धुपाल्चोकमा तास खेलिरहेको अवस्थामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका–६ का ४० वर्षीय राकेश बस्नेतसहितका व्यक्तिहरू पक्राउ परेका हुन् ।

राकेश चौतारा साँगाचोकगढी–५, नवलपुर चोकस्थित संकल्प होटेल एन्ड भोजनालयका सञ्चालक हुन् । उक्त होटेलको कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा शुक्रबार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो ।

नगद ६९ हजार ७३० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।