मनोरञ्जन

थाइल्यान्डकी ओपाल सुचातालाई मिस वर्ल्ड २०२५को ताज



काठमाडौँ, १८ जेठ । मिस वर्ल्डको ७२औँ संस्करणको नतिजा सार्वजनिक भएको छ । यो वर्ष थाइल्यान्डकी ओपाल सुचाता चुआंगश्रीले मिस वर्ल्डको उपाधि जितेकी छन् । 

७१औँ मिस वर्ल्ड क्रिस्टिना पेजिस्कोवाले ओपालको शिरमा ताज राखेर उनलाई सम्मानित गरेकी थिइन् । यस प्रतियोगितामा इथियोपियाकी हैसेट डेरेज दोस्रो र मार्टिनिककी अरेली योहाचिम तेस्रो स्थानमा परेकी थिइन् ।

मे ७ देखि सुरु भएको यो रोमाञ्चक प्रतियोगिता मे ३१ शनिबारको दिन नयाँ मिस वर्ल्डको घोषणासाथ समाप्त भएको हो । समापन समारोह (मिस वर्ल्ड ग्रान्ड फिनाले) भारतको तेलंगाना राज्यको हैदराबादस्थित हाइटेक्समा आयोजना गरिएको थियो ।