अर्थ

आजदेखि लागु हुने गरी निगमले बढायो पेट्रोल र डिजेलको मूल्य



काठमाडौँ, १८ जेठ । आजदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।

पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

हवाई इन्धनको मूल्य भने केही घटाइएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।