मोरङ, १८ जेठ । मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीका चार बालिका बेपत्ता भएका छन् ।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार बेपत्ता हुनेमा सुन्दरहरैँचा नगरपालिका–११, शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार र बेलबारी–२ स्थित कविर माविमा अध्ययनरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन् ।
उनीहरू साथी भेट्न जाने भन्दै यही जेठ १५ गते गणतन्त्र दिवसका दिन घरबाट निस्किएका थिए । बेपत्ता बालिकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्