काठमाडौँ, २० जेठ । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज बिहान बरहथवा नगरपालिका-१७ वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको ना४६प २८२० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको हो । उनी मोटरसाइकल चालक हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बाराको एलएस न्यूरो अस्पतालमा बिहान करिब ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्