काठमाडौँ, २० जेठ । काठमाडौँ उपत्यकामा नेपाल प्रहरीले आज पनि निःशुल्क बस सेवालाई निरन्तरता दिएको छ ।
यातायात व्यवसायीले सार्वजनिक गाडी नचलाएपछि नेपाल प्रहरीले सर्वसाधारणलाई सेवा दिन आज पनि निःशुल्क बस सेवालाई निरन्तरता दिएको हो ।
प्रहरी प्रधान कार्यालयले हिजोजस्तै आज पनि दुई वटा रुटमा निःशुल्क बस सञ्चालन गरेको जनाएको छ । प्रहरी प्रधान कार्यालय नक्सालबाट ती बस काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न गन्तव्यमा छुट्छन् ।
प्रतिक्रिया दिनुहोस्