काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मावनताभन्दा माथि कुनै पनि जात नहुने बताउनुभएको छ ।
जातीय छुवाछुट उन्मुलन दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले समभाव र समानताको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन् । नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो । मानवता भन्दा माथि कुनै जात छैन । रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ । हामीले जात, थर, वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ । समभाव र समानताको विकास गरौं, जातीय छुवाछूत उन्मूलन दिवसको सबैलाई शुभकामना ११’
प्रतिक्रिया दिनुहोस्