समाचार

मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता’



मुस्ताङ, २१ जेठ । मुस्ताङको घरपझोङ गाउँपालिकासहित चार स्थानीय तहलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा गरिएको छ ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व, सहभागिता, पूर्ण खोप गाउँपालिकाका हाम्रो प्रतिबद्धता’ नारासहित ती स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । 

घरपझोङ, लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र थासाङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको जनस्वास्थ्य कार्यालय मुस्ताङका तथ्याङ्क अधिकृत राजन पहाडीले जानकारी दिए ।

उनका अनुसार मुस्ताङका पाँच पालिकामध्ये चार पालिकाले पूर्ण खोप घोषणा गरेको र केही दिनमा वारागुङ मुक्तिक्षेत्रले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्यक्रम रहेको छ ।