काठमाडौँ, २४ जेठ । आउँदो बुधबारदेखि देशका धेरै स्थानमा वर्षाको पूर्वानुमान छ । बिहीबारदेखि ‘वर्षाले राम्रै गति लिने’ मौसमविद्ले बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले आज दिउँसो सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “नेपालमा अझै तीन दिनसम्म गर्मी बढ्ने र मंगलबारदेखि पूर्वी भेगमा वर्षा सुरु हुने देखिन्छ,”
असार १ गतेसम्म मनसुन देशभरि फैलिएर केही ठाउँमा भारी वर्षा पनि हुन सक्ने उनले उल्लेख गरेका छन् । “बुधबारदेखि हल्का वर्षा अधिकांश ठाउँमा हुने र बिहीबारदेखि वर्षाले राम्रै गति लिँदै असार १ गतेसम्म मनसुन नेपालभरि पुगेर केही ठाउँमा भारी वर्षासम्म गराऊला ।”
प्रतिक्रिया दिनुहोस्