काठमाडौँ, २७ जेठ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित दर्जनौं जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
खुमलटारस्थित अध्यक्ष निवासमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीमा स्वागत गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले माओवादी केन्द्रप्रति आकर्षक बढ्दै गएको उल्लेख गर्दै पार्टीमा समायोजन हुन आउने हरूलाई उचित जिम्मेवारी दिइने बताए ।
प्रतिक्रिया दिनुहोस्