समाचार

बैतडीको पुर्चौडी पूर्णखोप सुनिश्चिता पालिका घोषणा



बैतडी, २७ जेठ । बैतडीको पुर्चौडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ ।

सोमबार ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित खोप नगरस्तरीय समन्वय समितिले पुर्चौडीलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेको हो ।

पाँच वर्षमुनिका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप लगाएको यकिन भइसकेपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए ।

यसअघि नगरका १० वटै वडालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको थियो । बालबालिकालाई विभिन्न १३ वटा रोगविरुद्ध खोप दिने गरिएको छ ।