काठमाडौँ, २७ जेठ । जुवातास खेल्दै गरेको अवस्थामा नागार्जुनबाट प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।
नागार्जुन नगरपालिका–४ रानीपाटी डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका–८ घर भएकी ३३ वर्षीया उषा थापाको कोठाबाट आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
थापासहित आठ जनालाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो । उनीहरुबाट नगद १ लाख १० हजार ६ सय ३० रूपैयाँ र २७ बुक तास बरामद भएको छ ।
प्रतिक्रिया दिनुहोस्